अपाङ्ग छात्रवृत्ति वितरण शुरु




११ मंसीर, दुधे।
जिल्ला शिक्षा कार्यालय झापाले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्ग छात्र छात्राहरुलाई अपाङ्ग छात्रवृत्ति वितरण गर्न शुरु गरेको छ । दूधे स्रोतकेन्द्र अन्तरगतका शारीरिक अपाङ्ग छात्र छात्राहरुलाई स्रोतकेन्द्र दूधेका स्रोत व्यक्ति गणेशकुमार पौडेलले मंसीर ११ गतेदेखि आफैं विद्यालयमा गई अपाङ्ग छात्र छात्राहरुलाई छात्रवृत्ति वितरण सुरु गर्नु भएको हो ।
अपाङ्ग छात्रवृत्तिमा आफैं विद्यालय आउन सक्ने अपाङ्गहरुलाई १ हजार रूपैयाँका दरले र अरुको साहारा लिएर विद्यालय आउने अपाङ्ग छात्र छात्राहरुलाई ३ हजार रूपैयाँका दरले छात्रवृत्ति वितरण गरेको स्रोतव्यक्ति पौडेलले जानकारी दिए ।
यसअघि विद्यालयलाई नै छात्रवृत्ति पठाउने गरेकोमा त्यो सम्वन्धीत ठाउँसम्म पुग्न प्रभावकारी नभएकाले स्रोत व्यक्तिलाई सम्वन्धित विद्यालयमा नै गएर छात्रवृत्ति र वितरण गर्न जिशिका झापाले जिम्मा दिएको हो ।


Comments