संसपाको पहिलो नगर अधिवेशन हुँदै




१४ कार्तिक, दमक।
संघीय समाजवादी पार्टी दमक नगर कमिटीको यहि २६ गते पहिलो दमक नगर अधिवेशन हुने भएको छ ।
शुक्रवार बसेको नगर कमिटीको बैठकले नगर अधिबेशन गर्ने निर्णय गरेको हो । नगर कमिटीका उपाध्यक्ष बासुदेव राईका अनुसार बैठकले दमक नगर समितिका अध्यक्ष हेम प्रसाद पालुङ्वाको अध्यक्षतामा ७ सदस्यीय सम्मेलन आयोजक कमिटिको पनि गठन गरेको छ । समितिका सदस्यहरुमा बासुदेव राई, धनजीत राई, महेन्द्र चाम्लिङ, ओममाया आङ्दम्बे, भोजराज इङनाम र जित बहादुर राई रहेका छन् ।




यसैबीच अग्रगामी विद्यार्थी युनियन हिमालय उच्च मावि इकाई कमिटिको अध्यक्षमा केदार श्रेष्ठ चयन भएका छन् ।
आज सम्पन्न अग्रगामी विद्यार्थी युनियनको भेलाले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटिको चयन गरेको हो । समितिको उपाध्यक्षमा महेश खवास, मन कुमार लिम्बु, सचिव मदम कुमार कार्की, सह-सचिवमा श्याम सुन्दर याक्खा, अनिता मगर, कोषाध्यक्षमा करुणा मगर, सदस्यहरु युगबन्दु राई, रविन शेखर, योगेश सुब्बा, रञ्जित कुमाल, माया राई, नविन लिम्बु, सुसन लिम्बु, अलसन याक्खा विरेन्द्र राई योगेश राई, खुसेन लिम्बु, सुरज पावक, अर्बिन राई र धन कुमार राई रहेका छन् । युनियनको झापा जिल्ला अध्यक्ष मन कुमार लिम्बुको अध्यक्षतामा सम्पन्न भेलामा युनियनका केन्द्रीय सदस्य गुमानसिंह लिम्बु, युनियनका झापा जिल्ला सचिव सुसन राई लगायतको उपस्थिति रहेको थियो ।





Comments