श्रीमती र जेठी सासुलाई खुकुरी प्रहार गरी फरार




२९ कार्तिक, दमक।
झापा दमकस्थित भुटानी शरणार्थी शिविरका एक शरणार्थीले आज बिहान आफ्नै श्रीमती र उनकी दिदीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्।
शरणार्थी शिविर बेलडाँगी २, सेक्टर B1, छाप्रा नम्बर ७८/८० का ३८ वर्षिय सनम राईले आफ्नी ३५ वर्षिया श्रीमती देवीमाया र जेठीसासु सेक्टर B3, छाप्रो नम्बर ४१ की ३७ वर्षिया बिष्णुमाया मगरलाई खुकुरीले प्रहार गरी घाइते बनाएका हुन् ।
बिहान साढे १० बजेतिर उनीहरुबीच घरायसी विवाद हुँदा उनले दुबैको टाउकोमा खुकुरीले हानेका थिए। गम्भीर घाइते दुबैको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।




Comments