होटलमा बास माग्ने निहुँले लुटपाट






४ मंसीर, पाँचथर।
पाँचथरको पंचमी १ स्थित गोपेटार बजारमा रहेको एक होटलमा बास माग्न आएको एक समूहले लुटपाट गरी फरार गरी फरार भएको छ ।
होटलमा बास माग्न गएराति आएको अपरिचित तीन जनाको समुहले होटल धनीको साथबाट गरगहना तथा नगद लुटी फरार भएको हो ।
पंचमी १ स्थित गौतम होटलमा राति करिब साढे दश बजे बास चाहियो भन्दै आएको समुहले होटल संचालक मदन गौतमकी श्रीमतीले लगाएको तीन आनाको सुनको तिलहरी, पाँच आनाको कानको टप र कोठामा भएको केही नगद समेत लुटी फरार भएका थिए ।

घटनासम्वन्धमा अनुसन्धान तथा लुटेराहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।




Comments