मोहन दर्जीको उपचारकालागि जुट्दैछन् सहयोगी हातहरु




६ मंसीर, बुधबार ।
झापाको बुधवारे ३ होक्सेका मोहन दर्जीको दुवै मिर्गौला दीर्घकालिन रुपमा खराब भएको र पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर भएकाले सहयोगी व्यक्ति संघ संस्था हरुसँग आर्थिक सहयोगको लागि याचना गर्दै कार्तिक १२ गते बिर्तामोडस्थित एपेक्स इन्स्टिच्युटमा पत्रकार सम्मेलन गरिएको थियो । सहयोग संकलनमा अहोरात्र लागेको सहयोग समिति र यस परोपकारी कार्यमा सहयात्रा गरिरहेका सहयोगिहरुले आफ्नो अभियानलाई सफल बनाउँदै लागेका छन् । मोहनको बारेमा बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि उनलाई सहयोग जुट्ने क्रम तिब्र बनेको छ । सहयोग समितिको सक्रियतामा उपचार सहयोग संकलनका लागि बुधवारे गाविसका केही क्षेत्रमा गरिएको घर दैलो कायक्रमबाट मंसिर ४ गते सम्ममा एक लाख ८ सय ५२ रूपैयाँ संकलन भएको समितिका सचिव गुरुभक्त घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै मंसिर ५ गते शुक्रबार बुधवारेबाट वैदेशिक रोजगारीमा हाल कतार मा रहेका खुदराज रिजालको नेतृत्वमा प्रेम न्यौपाने, सन्तोष पोख्रेल र अमर सुब्बाको विशेष पहलमा जम्मा ३५ जना नेपाली कामदारबाट संकलित सहयोग रकम ४७ हजार ५ सय रूपैयाँ शुक्रबार होक्से कृषि सहकारीमा आयोजित एक विशेष कार्यक्रमका बीच उपचार सहयोग समितिका संयोजक मोहनप्रसाद तिम्सिनालाई कतारबाट हाल विदामा घर आएका बुधवारेबासी खुदराज रिजालले हस्तान्तरण गर्दै यस्तो जीवनरक्षा जस्तो परोपकारी कार्यमा सहयोग गर्न पाउँदा आफुहरु उत्साहित भएको उक्त कार्यक्रममा उनले बताएका छन् ।



त्यस्तै शुक्रबार नै रिता दर्नाल र भुपाल परियारको नेतृत्वमा वाला चतुर्दसी पर्वको अवसर पारी अर्जुनधारा धाम परिसरमा स्वयं सेवक परिचालन गरी दर्जीको उपचारका निमित्त रकम संकलन कार्यसमेत गरिएको छ । मिर्गौला पीडित मोहन दर्जीलाई दुवै मृर्गौला प्रत्यरोपणका लागि १० लाख रूपैयाँ लाग्ने र त्रि वि शिक्षण अस्पताल काठमाडौंमा मृगौला प्रत्यारोपण हुनसक्ने चिकित्सकले जनाएपछि रकम अभावले उपचारमा बाधा नपुर्‍याओस् भन्ने हेतुले स्थानियबाट संचालित यस अभियानलाई अझ धेरै सहयोगी हातहरुको खाँचो रहेको उपचार सहयोग समितिका सदस्य शम्भुप्रसाद ढुंगानाले बताए ।
मोहनलाई सहयोग गर्न इच्छुकले बिर्तामोडस्थित ग्लोबल आइएमइ बैंकको खाता नम्वर ३३०९०१२६५००१२० जम्मा गरी सहयोग गर्न सकिने बताइएको छ ।
साथै सहयोग गर्न इच्छुकले सहयोग समिति संयोजकको मोवाइल नम्वर ९८४२६२५४२८ मा समेत सम्पर्क गर्न सक्ने बताइएको छ । दर्जीले आफ्नो जीवन बचाइदिनका लागि सबैसँग आग्रह गर्दै आएका छन् । (
विभिन्न विद्यालय, संघ संस्था तथा व्यक्तिबाट थोपा थोपा मिलाई यो ठुलो रकमको जोहो गरी २६ बर्षिय मोहन दर्जीको उपचार सफल बनोस हाम्रो पनि शुभेच्छा )



Comments