पुलमा कार ठोक्किँदा र मोटरसाइकलको ठक्करबाट एक-एक घाइते




८ मंसीर, दमक।
झापाको कन्काई नगरपालिका स्थित बिरिङ्ग पुलमा गएराति एउटा कार ठोक्किँदा एकजना घाइते भएका छन् ।
राति पौने एक बजेतिर ना १ च ७६७५ नम्बरको कार पुलमा ठोक्किँदा कारका चालक सोही नगरपालिका वडा नं. ४ बस्ने ५० बर्षिय सरोज पोखरेल गम्भीर घाइते भएका हुन् ।
घाइते पोखरेललाई उपचारको लागि भारतको सिलगुडी पठाइएको छ । कार इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा छ।



यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी ५ मा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धा घाइते भएकी छिन् ।
पूर्वबाट पश्चिम आउँदै गरेको मे ४ प ९७७० नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षिया लक्ष्मी सम्वाहाम्फे गम्भीर घाइते भएकि हुन् । विहान ११ बजेतिर भएको सो दुर्घटनाकी घाइते सम्वाहाम्फेको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Comments