गायन प्रतियोगीताको अडिशन राउण्ड सकिँदै




दमक।
तोपगाछी फिल्मस् प्रालिले आयोजना गरेको पूर्वाञ्चलस्तरिय गायन प्रतियोगीताको अडिशन राउण्ड अन्तिम चरणमा पुगेको छ । गत कार्तिक २६ गतेबाट शुरु भएको पहिलो चरणको सो अडिशन राउण्ड अन्तिम चरणमा पुगेको हो । प्रतियोगीताका प्रवन्ध निर्देशक अशोक घिमिरेका अनुसार पहिलो चरणमा इलाम, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र पाँचथर लगायतका जिल्लाहरुमा अडिशन सकिएका र झापाको झिलझिले र इलामको चुलाचुलीमा तयारी भइरहेका छ। ती प्रतियोगीतामा एक हजारका हाराहारीमा प्रतियोगीहरुले भाग लिएका छन् । सोमबार आज दमकमा सोही राउण्डको कार्यक्रम सम्पन्न भएको घिमिरेले जानकारी दिए।


यही मंसीर ६ गतेबाट प्रतियोगीताको दोश्रो चरण शुरु हुने जनाइएको छ । प्रतियोगीतामा उत्कृष्ट १० लाई पुरस्कृत गरिने कार्यक्रम संयोजक कैलाश थापा मगरले जानकारी दिए । प्रतियोगीतामा प्रथम हुने विजेतालाई नगद ५० हजार, दोश्रोलाई २५ हजार, तेश्रोलाई १५ हजार र ट्रफि प्रदान गरिने जनाइएको छ । त्यस्तै, चौथोदेखि दशौंस्थान ओगट्ने प्रतियोगीहरुलाई क्रमशः नगद ५ हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।


Comments