फणिन्द्र स्मृति दिवसमा रक्तदान





सुमन घिमिरे
९ मंसीर, उर्लाबारी ।
फणिन्द्र तिम्सिना स्मृति दिवसको अवसरमा मोरङको कोशीहरैचा नगरपालिका ४ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अनेरास्वबियु सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा ८३ पिन्ट रगत संकलन भएको थियो । संकलित रगत रक्तसञ्चार केन्द्र बिराटनगरमा बुझाइएको अनेरास्वबियु क्याम्पस कमिटिले जनाएको छ ।

२०३८ साल मंसिर ९ गते अर्थात् आजैका दिन अनेरास्वबियु महेन्द्र मोरङ क्याम्पस बिराटनगरका तत्कालिन सचिव तिम्सिनाको गोली हानी हत्या भएको थियो । तिम्सिनाको स्मृति दिवसको अवसरमा मंसिर ४ गतेदेखि सप्ताहव्यापी रुपमा मोरङ जिल्लाका क्याम्पसहरुमा अनेरास्वबियुले बिभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइरहेको अनेरास्वबियु मोरङका जिल्ला अध्यक्ष प्रेमराज भारतीले जानकारी दिए।


Comments