अर्ग्यानिक खेतीमा जोड




८ मंसीर, सुरुङ्गा ।
तरकारी खेतीमा रसायनीय पदार्थको प्रयोगलाई न्युनिकरण गर्दै अर्ग्यानिक रुपमा खेती गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ कनकाई नगरपालिका¬-२, सुकेडाँगीका तरकारी कृषकहरुलाई अर्ग्यानिक तरकारी खेती र मल बनाउने तालिम दिइएको छ ।
सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुहको अयोजनामा सम्पन्न तालिममा तरकारी खेती गर्दै आएका २ सय बढी कृषकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेल, प्राविधिकहरु दिपक गिरी, खीरबहादुर श्रेष्ठ, धर्मराज कटुवाल, स्वाइल केयर प्रालिका प्रतिनिधिहरु रोशन प्रसाईं, उद्धव प्रसाईं लगायतले तालिम दिएका थिए । जिल्लामा रसायनीक मलको प्रयोग अत्याधिक रुपमा वृद्धि भएपछि यसलाई न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वाली अधिकृत खरेलले बताए ।
कार्यक्रम सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गंगाप्रसाद ढुंगेलको सभापतित्व रहेको थियो भने सञ्चालन सचिव देवेन्द्र रिसालले गरेका थिए ।





Comments