छोरी बलात्कार गर्ने बाबु पक्राउ




२९ कार्तिक, बिर्तामोड ।
छोरीलाई बलात्कार गरेको आरोपमा झापा, शान्तिनगर-६ का ३६ वर्षिय प्रेम भुजेल पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बुधबारेले शुक्रवार पक्राउ गरेको हो । पीडित बालिकाले बुवाले आफुलाई बलात्कार गरेको साथीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
आमा रोजगारीको शिलशिलामा ९ महिनाअघि खाडी मुलुक गएपछि बुबाले आफुलाई बलात्कार गर्न थालेको पीडित बालिकाले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जानकारी दिएको छ ।



Comments