इटहराबाट १५ जना जुवाडे पक्राउ





९ मंसीर, उर्लाबारी ।
मोरङको इटहरास्थित सोमबारेबाट प्रहरीले मंगलबार बिहान १५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
इटहरा १ स्थित दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको स्थानीयले दिएको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र सिजुवाका प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले मंगलबार बिहान साढे २ बजे घरमा छापा मारी कौडा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा घरधनी इटहरा १ का दिपक श्रेष्ठ, इटहरा गाविस १ का खगेन्द्र भट्टराई, इटहरा २ का तेजबहादुर खनाल, नेत्रबहादुर बस्नेत, राजघाट गाविस ५ का नारायण भनिने टंक बस्नेत, राजघाट ८ का राजन सुब्बा, सुन्दरदुलारी नगरपालिका ८ का बिष्णु पौडेल, सोही नगरपालिका १० का बिकास सिग्देल, बेलबारी नगरपालिका २ का अशोक न्यौपाने, डाँगीहाट गाविस ४ का राकेश राई, रमेश तामाङ, डाँगीहाट ५ का फणिन्द्र ओझा, लक्ष्मीभक्त लिम्बु, बयरवन गाविस ९ का साजन लिम्बु र झापा शनिअर्जुन नगरपालिका ८ का भरत तिम्सिना रहेका छन् ।
प्रहरीले जुवाको खालबाट एकलाख ६९ हजार ४७ रुपैयाँ र एक सेट कौडासमेत बरामद गरेको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक नबराज कार्कीले जानकारी दिए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Comments