विभत्स हत्या गरिएको अवस्थामा शव फेला





१४ मंसीर, मोरङ।
मोरङको बयरवनमा विभत्स हत्या गरिएको अवस्थामा आज एक व्यक्तिको शव फेला परेको छ।
मोरङकै केरौन ६ का ३४ बर्षीय छत्र वहादुर कडुवालको विभत्स शव आज विहान साढे ९ बजेतिर वयरवन ६ मा फेला परेको हो ।
हिजो साँझ ६ बजेतिर घर नजिकै रहेको बयरवन बजारमा सुर्ती किन्न जाने भनी हिँडेका कडुवाललाई हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
हिजो बेलुकादेखि हराएका कडुवाल आज विहानसम्म पनि घर नफर्किएपछि प्रहरी, आफन्त र स्थानीयवासीहरूले खोजी गर्ने क्रममा वयरबन ६ थानटोलीका विदुर निरौलाको धान खेतमा
कडुवालले प्रयोग गर्ने नोकिया कम्पनीको मोवायल र चप्पलका साथै खुकुरीमा लाग्ने कांजो र रगतका टाटाहरू फेलापरेको थियो । घटना शंकास्पद देखिएपछि सो क्षेत्रमा थप प्रहरी परिचालन गरी खोजी कार्य तिब्र पार्दा सो स्थानभन्दा २ सय मिटर उत्तर पूर्वमा गंगा ढुङ्गानाको खेतमा रहेको परालको मुठाको ढेडीभित्र खोतली हेर्दा शरीरको विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा कडुवालको शव फेला परेको थियो ।
उनलाई कर्तव्य गरी मार्ने मानिसको पहिचान र खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
थप फोटोहरू स्लाइड शो मा




Comments