अर्नाको मासु बरामद




७ मंसीर, उदयपुर।
उदयपुरको तपेश्वरीका एक व्यक्तिको घरबाट प्रहरीले अर्नाको बरामद गरेको छ।
तपेश्वरी ५ पुरनदहका सम्पतलाल चौधरीको घरबाट आज दिउँसो १ बजेतिर प्रहरीले अर्नाको मासु बरामद गरेको हो ।
स्थानीय केही ब्यक्तिले कोशी टप्पु बन्यजन्तु आरक्षको अर्ना मारी मासु खाएको भन्ने सुचना प्राप्त भएपछि प्रहरी चौकी भांगलपुरबाट खटिगएको प्रहरी टोलीले चौधरीको घर खानतलासी गर्दा अर्नाको खुट्टा सहितको मासु फेला पारेको हो।
चौधरीलाई नियन्त्रणमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।





Comments