वन कार्यालयका १८ जना कर्मचारीको राजीनामा




२ मंसीर, दमक।
जिल्ला वन कार्यालय झापामा कार्यरत अठारजना कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् ।
गत कार्तिक महिनाको विभिन्न मितिमा कार्यालय प्रमुखसमक्ष ती कर्मचारीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा एकजना चालकसहित तीनजना राजपत्र अनंकित द्वितीय श्रेणीका (फोरेस्टर) रहेका छन् । राजीनामा दिनेहरुमा चालक चन्द्रवहादुर खवास, फोरेष्टर रोम काफ्ले, गोपाल राई, लक्ष्मी खतिवडा लगायत १४ जना सशस्त्र वनरक्षक रहेका छन् ।
कार्यालयका प्रमुख इन्द्रमणि भण्डारीले कार्यरत १८ जनाले राजीनामा दिएको पुष्टि गरेका छन् । सवैले आन्तरिक कारण देखाउँदै राजीनामा दिएको प्रमुख भण्डारीले जानकारी दिए। १८ जनाकै राजीनामा भने आफुले कार्तिक महिनाको तलव भत्ता खुवाएर स्वीकृत गरेको भण्डारीले बताए ।



उनले यसरी एकैपटक कर्मचारीको राजीनामा आएपछि कार्यालयको दैनिक काममा वाधा उत्पन्न भएको बताएका छन् । सो कार्यालयमा १३० जना कर्मचारीहरुको दरवन्दी रहेको छ भने ३० जनाको हाल रिक्त रहेको कार्यालय प्रमुख भण्डारीले बताए।
वन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले पछिल्लो समयमा छानवीन गर्ने प्रकृया शुरु गरेपछि ती सवै कर्मचारीहरुले स्वेच्छीक राजीनामा दिएको हुन सक्ने स्रोतको अनुमान छ ।
यसअघि पूर्वी मोरङका १० जना सामुदायिक विद्यालयका शिक्षकहरुले समेत अख्तियारको डरले राजीनामा दिएको घटना बाहिर आएको थियो ।



Comments