माओवादीलाई फकाउनै साह्रो - आचार्य




तेज बन विश्वासी
३ मंसीर, इटहरी ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व पर्यटन मन्त्री भीम आचार्यले एमाओवादीका कारण आगामी माघ ८ मा संविधान जारी हुने या नहुने अन्यौलमा रहेको बताएका छन् ।
इटहरीमा प्रेस चौतारी सुनसरीले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पू्र्व मन्त्री आर्चायले यस्तो बताएका हुन् ।
संविधानको विवादित लगभग सबै बिषयहरुमा सहमति भइसकेपनि शासकीय स्वरुप राज्य प्रणाली, संघीयता, न्यायपालिका लगायतका विषयहरु विषय जस्ताको तस्तै रहेको र यसमा एमाओवादी आफैं सहमतिबाट बाहिर रहन खोजेको उनले बताए । एमाओवादीकै कारण संविधानका बिवादीत विषयहरुमा पटक पटक बसेको तीन दलको बैठक विना निष्कर्षि स्थगित हुने गरेको बताउँदै एमाले नेता आचार्यले सहमतिको विषयमा एमाओवादीलाई फकाउनै साह्रो परिरहेको बताए ।



मुलुकमा संविधान जारी हुन नदिन बिशेष गरी एमाओवादी अध्यक्ष प्रचण्ड स्वयम् नै लागिपरेको बताउँदै सकेसम्म बिवादीत विषयमा छलफल गरी सहमतिको आधारमा संविधान जारी गरिने एमाले नेता आर्चायले बताए । मुलुकमा संविधान जारी गर्नको निमित्त सबै दल एक ढिक्का भएर लागि पर्नुपर्ने उनको भनाई छ ।
त्यस्तै काठमाण्डौमा हुन गइरहेको सार्क सम्मेलनको विषयमा बोल्दै एमाले सचेतक भीम आर्चायले नेपालमा यतिवेला सुरक्षा ब्यवस्था कडा पारिएका कारण कुनै अप्रिय घटना नहुने दावी गरे ।
उनले एमाले पूर्वअध्यक्ष झलनाथ खनालसँग कुरा नमिलेपछि अध्यक्षकै मिलेमतोमा आफ्नो मन्त्री पदसमेत चिप्लीएको बताए । नेता आर्चायले पूर्व अध्यक्ष खनालले अन्तराष्ट्रिय बिमानस्थल निजी कम्पनीलाई जिम्मा दिनुपर्छ भनी ल्याएको प्रस्तावलाई पर्यटन मन्त्रीको हैसियतले सोझै इन्कार गरेपछि आफ्नो मन्त्री पद खुस्किएको र यो अनुचित रहेको उल्लेख गरे ।

Comments