२५ कार्तिक, मोरङ।
प्रहरी हौं भन्दै व्यापारीहरुसँगबाट अवैध रूपमा रकम असुली गरेको आरोपमा प्रहरीले मोरङको बुधनगरका तीन युवकलाई पक्राउ गरेको छ । स्थानीय एक सुर्ती व्यापारीसँग जबरजस्ती रकम मागेको र नदिएपछि उनलाई लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बुधनगर २ बस्ने ३२ वर्षिय दिलीप राजवंशी, बुधनगर ७ बस्ने २४ वर्षिय हरिओम राजवंशी र सोही स्थान बस्ने २७ वर्षिय राजेन्द्र राजवंशी रहेका छन् ।
उनीहरुले आइतबार बिहान ५ बजे बुधनगर ७ मा स्थानीय सुर्ती व्यापारी मोरङ भातीगञ्छ ७ बस्ने आनन्द राजवंशीलाई आफूहरु बुधनगर थानाका प्रहरी भएको भन्दै रकम मागेको र रकम नदिएपछि हातपात गरी उनको साथबाट नगद दश हजार लुटपाट गरेको पिडितले प्रहरीमा उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ।

Comments
Post a Comment