आफ्नै शरीरमा आगो लगाएका एक व्यक्तिको मृत्यु




३ मंसीर, सुनसरी।
आफ्नै शरीरमा आगो लगाएका सुनसरीको बक्लौरीका एक व्यक्तिको उपचारको क्रममा ज्यान गएको छ ।

दुई दिनअघि आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाउने बक्लौरी-३ का ४१ वर्षिय इनरलाल खवासको आज बिहान मृत्यु भएको हो।
खवासले गत सोमबार आफ्नै शरीरमा मटितेल खन्याई आगो लगाएका थिए ।
आगोले पोलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा आज बिहान ३ बजेतिर उनको मृत्यु भएको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।





Comments