भुटानी शरणार्थीहरु रिले अनसनमा






१० मंसीर, दमक।
राजधानीमा जारी १८ औं सार्क शिखर सम्मेलनमा भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको मुद्दा उठाउन माग गर्दै यहाँको वेलडाँगी शिविरमा शरणार्थीहरुले आजबाट रिले अनसन शुरु गरेका छन् ।
भुटानी शरणार्थी जेष्ठ नागरीक स्वदेश फिर्ती समितिको अगुवाईमा उनीहरुले बेलडाँगी ३ को शिविर व्यवस्थापन समितिको कार्यालय अगाडी धर्ना थालेका हुन् । ३ दिन चल्ने धर्नामा पहिलो दिन १ सय ५० जना शरणार्थीहरु रिले अनसनमा बसेको समितिका संयोजक हर्कजंग सुब्बाले बताए । उनले भुटानी शरणार्थीहरुको समस्या नेपाल र भुटानको द्विदेशीय मात्र नभई सार्क राष्ट्रहरुको लागि क्षेत्रीय चासोको मुद्दा भएको भन्दै भुटानीहरुको समस्या सार्क शिखर सम्मेलनमा मुद्दा उठाउन ध्यानाकर्षणका लागि रिले अनसन शुरु गरेका जानकारी दिए । अनसनलाई थप प्रभावकारी बनाउदै लैजाने संयोजक सुब्बाले बताए ।



तस्वीर - अनसनमा भुटानी शरणार्थीहरु / विष्णु सुब्बा





Comments