मृगौला पिडित मनिषालाई कतारबाट दुई लाख सहयोग





ओम दुलाल, कतार।
मृगौला रोगबाट पिडित झापा शिवगञ्जकी मनिषा लम्सालको जीवन रक्षाका लागि कतारमा संकलन गरिएको २ लाख रूपैयाँ मनिषाकी आमालाई हस्तान्तरण गरिएको छ ।
शिवगञ्ज-१ स्थायी घर भई शिवगञ्ज बहुमुखी क्याम्पसमा बीबीएस तेश्रो वर्षमा अध्यनरत २२ बर्षीया मनिषाको जीवन रक्षाको कामना गर्दै कतारमा रहेका श्री जन आर्दश विद्यालयका भू.पू. विद्यार्थीले कतारमा स्थापना गरेको संस्था, श्री जनआर्दश भू.पू. विद्यार्थी सम्पर्क मञ्च र कतारकै अलमिस्नाद सर्भिसेज कम्पनीका नेपाली कामदारहरुको सहकार्यमा जम्मा गरिएको रकम मनिषाकी आमा तारादेवी न्यौपाने (लम्साल)लाई हस्तान्तरण गरिएको हो ।




मञ्चको नियमित बैठक अन्तरगत २८ नोमेम्बर शुक्रबारका दिन कतारको दोहामा बसेको बैठकमा सहकार्य जनाउँदै सहभागि भएका अलमिस्नाद सर्भिसेज कम्पनीका नेपाली कामदार र मञ्चले मृगौला पिडित मनिषा लम्सालको उपचारमा सहयोग गर्न संकलन गरेको एकमुष्ट रकम कतार रिएल ७ हजार ३ सय ४८ रियल (नेपाली रुपैयाँ २ लाख) मञ्चका का.बा. प्रथम उपाध्यक्ष मुकेश सुब्बाको नामबाट मृगौला पिडित मनीषाकी आमाको नाममा सिद्धार्थ रेमिटबाट पठाइएको मञ्जले जनाएको छ ।
मृगौला पिडित मनिषाको उपचारका लागि रकम सहयोग गर्ने उद्देश्यले मञ्चले दुई महिना अघिदेखि सुरु गरेको रकम संकलन कार्यमा मञ्चको तर्फबाट मञ्चमा आवद्ध नेत्र प्रसाद बोहोरा, मुकेश सुब्बा, जीवन खतिवडा, बिरेन्द्र राजवंशी, मेहरमान आङ्देम्बे, सरोज माबो र ओम दुलालको सकृयता थियो ।
त्यसैगरी रकम सकलन कार्यमा कतारमा रहेको अल मिस्नाद सर्भिसेज कम्पनीमा कार्यरत इन्द्र खड्काको अगुवाईमा सोही कम्पनीमा कार्यरत नेपाली कामदारको सहयोग र सकृयतामा जगरनाथ खड्का, बिरेन्द्र यक्थुम्बा, थर्चा लामा, शिव थपलिया, चन्द्र सापकोटा, राजन न्यौपाने, विकास थापा, रोशन बुढाथोकी र शम्भु कार्की सहितको समुहले गएको तिहारमा देउसी भैलो कार्यक्रम संचालन गरेर रकम संकलन अभियानको सुरुवात गरेका थिए ।


Comments