लखनपुरका एक युवाको साउदीमा मृत्यु, यता बाबुआमा मुर्छित




३ मंसीर, दमक।
रोजगारीका लागि साउदी अरव पुगेका झापा, लखनपुर-१ पाडाजुँगीका सुनिल हलुवाईको मृत्यु भएको छ । डेढ बर्ष अघिबाट साउदीको लुलु मार्केटमा सुपरभाइजरको काम गर्दै आएका २९ बर्षिय हलुवाईको सोमबार साँझ काम गर्दागर्दै हृदयाघात भएर ज्यान गएको हो ।
कम्पनाीमा काम गरिरहेका बेला अकस्मात ढलेका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको परिवारजनले बताएका छन् ।
यता छोराको विदेशमा मृत्युको खबर आज पाएपछि उनका वुवा शेरकटु र आमा कलामती मूर्छित भएका छन् । दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।


Comments