विरामीलाई सहयोग हस्तान्तरण





२ मंसीर, लखनपुर।
मोटरसाइकल दुर्घटनामा घाइते भएकी झापा लखनपुरकी एक महिलाको उपचारमा स्थानीयहरुले ६० हजार रुपैयाँ बढी सहयोग गरेका छन् । खर्च अभावले उपचार गर्न बञ्चित भएकी लखनपुर-१ की सुष्मा थापालाई स्थानीयहरुले संकलन गरेको ६६ हजार ७ सय ६८ रुपैयाँ सहयोग गरेका हुन् । आज मंगलबार पिडीत थापाको घरमा पुगेर उपचार गर्न सो सहयोग उपलब्ध गराएको स्थानीय ओमनाथ अधिकारीले जानकारी दिए ।
गत असार २४ गते झापाको केर्खा-धरमपुरसडक खण्डमा मोटरसाइकल सवारका क्रममा दुर्घटना हुँदा श्रीमान दिलीपसहित उनी घाइते भएकी थिइन्। घाइते सुष्माका श्रीमान दिलीपले श्रीमतीको उपचारमा २१ लाख रुपैयाँ बढी खर्च भएको र अवको उपचार गर्ने आफूसँग कुनै सामर्थ्य नभएको भन्दै सहयोगको याचना गर्दै आएका छन् ।
घाइते सुष्मा विरानगरस्थित न्यूरो अस्पतालमा उपचाररत छिन् ।



Comments