तिम्रो घरमा पञ्चे बाजा





सुमन घिमिरे
९ मंसीर, उर्लाबारी।
गायक सुजन सरगमको तिम्रो घरमा पञ्चे बाजा बोलको गीतको छायाँकन सकिएको छ ।
सेन्च्युरी सुरेश घमालले निर्देशन गरेको म्युजिक भिडियोको झापाको कन्काईधाम, दमक, चियाबगान, कृष्ण मन्दिर, मोरङको उर्लाबारी, टाँडी लगायतका क्षेत्रमा छायाँकन गरिएको गायक सरगमले बताएका छन् । भिडियोलाई सुदीप श्रेष्ठले खिचेका हुन् । म्युजिक भिडियोमा बरुणजंग लिम्बु र भूमिका थापाको अभिनय रहेको छ । अमरप्रेम म्युजिक प्रा.लि.को ब्यानरमा निर्माण हुने म्युजिक भिडियोको चाँडै नै नेपाल टेलिभिजनमार्फत सार्वजनिक गरिने गायक सरगमले बताएका छन् ।




मायाप्रेममा आधारित म्युजिक भिडियो युवामाझ लोकप्रिय हुने यसका निर्देशक सिन्च्युरी दाबी गर्छन् । उनी भन्छन्, 'मेहनतका साथ छायाँकन गरेका छौं, कलाकारहरुले पनि आ-आफ्नो ठाउँबाट मेहनत गरेका छन् । आशा छ म्युजिक भिडियो युवामाझ लोकप्रिय हुनेछ ।'
यसअघि अडियो रिलिजलाई पनि श्रोताहरुले अत्याधिक माया दिएकाले भिडियो बनाउन थप हौसला आएको गायक सरगमले बताए । उनी भन्छन्, 'अडियो गीतलाई श्रोताहरुले अत्याधिक माया गरिदिनु भएको छ मलाई विश्वास छ अब भिडियोलाई पनि त्यसरी नै मनपराइदिनु हुनेछ ।'




Comments