तेज बन विश्वासी
२४ कार्तिक, सुनसरी ।
सुनसरीको बराहक्षेत्रस्थित चतराधाम अन्तराष्ट्रिय स्तरमै ख्यातिप्राप्त छ । तर त्यही चतरा जाने सडक भने पुनर्निर्माणको पर्खाइमा बसेको छ ।
स्थानीय स्तरबाट जनताले आवाज नउठाउँदा र सरोकारवालाहरुले त्यसतर्फ ध्यान नदिँदा दैनिक रुपमा आउने स्वदेशी/बिदेशी पर्यटकहरु मारमा पर्ने गरेका छन्।
बिगत १ वर्षदेखि भत्किएको सो सडक खण्डलाई मर्मतका लागि स्थानिय निकायहरुले पहल नगर्दा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त बराहक्षेत्रस्थित चतराको धार्मिक पर्यटकीय स्थलहरु ओझेलमा पर्न सक्ने संकेत देखिएको छ ।
सडक बिग्रिएकै कारण स्थानीय ब्यापारीहरु समेत मार्कामा पर्ने गरेका छन्।
-->
बराहक्षेत्रबाट उत्पादन भएका ताजा तरकारीहरु सडक बिग्रिएको कारण पूर्वी बजारहरुमा लान नसकेको स्थानीय ब्यापारी तारा लिम्बु बताउँछिन् ।
सरकारी निकायले समयमै सडक मर्मत गर्ने बिषयमा चासो नदेखाएपछि नेपालको पोखरा, काठमाण्डौका साथै भारत, जापान, अमेरिकालगायतका देशबाट सप्तकोशीमा र्याफ्टिङका लागि आउने पर्यटकहरुको संख्यामा पनि विस्तारै कमी आउन थालेको स्थानीय व्यापारीहरूले बताएका छन् ।
सडकको बीच भागमा रहेको खाल्डाखुल्डीका कारण दैनिक साना तथा ठुला सवारीहरु दुर्घटनामा परिरहने गरेका छन्।
प्रत्येक १२ वर्षको अन्तरालमा लाग्ने महाकुम्भमेलाबाट बिश्वमा चम्केको सुनसरीको बराहक्षेत्र धार्मिक आस्था राख्नेहरुको संगम स्थल रहेपनि आवतजावतका लागि आवश्यक सडकको अवस्था दयनीय रहेको छ ।
ठुला ठुला मिडियाहरुले यसको बिषयमा अनेकौं शिर्षक राखेर समाचार बनाएपनि सम्बन्धीत सरोकारवालाहरुले बेलैमा सडक मर्मततर्फ ध्यान दिन सकेको छैन ।
-->
Comments
Post a Comment