ट्रकको ठक्करबाट नावालिकाको मृत्यु





६ मंसीर, दमक।
झापाको दमक व्यस्त बजारमा ट्रकको ठक्करबाट आज एक नाबालिकाको ज्यान गएको छ ।
दमक ११ स्थित नेपाल बैंक छेउमा ट्रकको ठक्करबाट अढाई बर्षीया विनिता मुखियाको ज्यान गएको हो ।
दिउँसो ३ वजेतिर मे १ख ११२१ नम्वरको ट्रकले ठक्कर दिँदा घाइते स्थानीय बालिकालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।
ट्रक र चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन् ।


Comments