सामाजिक सुरक्षा भत्ताको आवेदन लिन शुरू




२ मंसीर, दमक।
झापाको दमक नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको आवेदन लिन थालेको छ । समाजिक सुरक्षा ऐन २०६५ बमोजिम मापदण्ड पुगेकाहरुको आवेदन लिन थालिएको हो । ज्येष्ठ नागरिक अन्य र दलित, एकल महिला, अपाङ्ग, आंशिक अपाङ्ग, पूर्ण अपाङ्ग , पूर्ण अपाङ्ग र लोपोन्मुखको आवेदन लिन थालिएको नगरपालिकाका कर्मचारी महेश भट्टराईले जानकारी दिए।
सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरुलाई मंसीर १५ गतेभित्र अनिवार्य नविकरण गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ ।
दलितहरुले ६० बर्ष पूरा भएपछि र अन्य समुदायले भने ७० बर्ष पूरा गरेपछि भत्ता लिन पाउनेछन् । ५ बर्षमुनिका दलित बालबालिकाहरुलाई पोषण भत्ता र अविवाहितहरुले भने ६० बर्ष पुगेपछि भत्ता पाउने छन् ।




Comments