बेवारिसे शव फेला




१ मंसीर, दमक।
झापाको दमकस्थित बसपार्क क्षेत्रमा आज एक बेवारिसे शव फेला परेको छ । अन्दाजी ४० बर्षियजस्तो देखिने मंगोलियन बर्णको एक पुरुष आज दिउँसो स्थानीय वसपार्क क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन् ।
यसअघि मागेर हिँड्ने ती अधवैंसे पुरुषले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवको पोष्टमर्टमका लागि प्रहरीले मोरङको उर्लाबारी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको जनाएको छ ।


Comments