कुटपिटबाट दानावारीमा एकको मृत्यु

नमिन ढकाल
२९ कार्तिक, सुरुङ्गा।
दक्षिणी इलामको दानाबारीमा स्थानीयको कुटाईबाट एक जनाको ज्यान गएको छ ।
शुक्रबार राति चोरको आशंकामा स्थानीयबासीले कुटपिट गर्दा गम्भीर घाइते भएका भक्तपुर ४ घर भएका ३५ बर्षिय अनिल श्रेष्ठको उपचारको क्रममा आज ज्यान गएको ।
दानाबारी २ सानो जुवालीमा शुक्रबार राति १ बजेतिर समयमा घरको झ्यालबाट पस्न खोज्दा श्रेष्ठलाई स्थानीयले चोर भनी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई स्थानिय एभरेष्ट हस्पिटलमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि न्युरो हस्पिटल विराटनगर रेफर गरिएको थियो ।

-->
उपचारको क्रममा आज अपरान्ह १२ बजे न्युरो हस्पिटलमा नै उनको मृत्यु भएपछि उनको शव पोष्टमर्टमको लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।
कुटपिटमा संलग्न स्थानीय ८ जनालाई पुर्पक्षको लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको प्रहरी चौकी लोदियाका प्रहरी नायव निरीक्षक विरेन्द्रप्रसाद यादवले जनाएका छन् ।



-->

Comments