आयोगमा दमकबाट ५ हजार बढी आवेदन, दमक नपाको १७ लाख कमाई




६ मंसीर, दमक।
झापाको दमकबाट मात्रै जग्गाधनीपूर्जा पाउनका लागि ५ हजार ३ सय सुकुम्बासीहरुले आवेदन दिएका छन् ।
दमकमा रहेको सुकुम्बासी समस्या समाधान आयोगको फारम संकलन केन्द्रमा ५ हजार ३ सय १५ जनाले आवेदन गरेका हुन् ।
झापाको माईपश्चिम क्षेत्रका आवेदकहरुले समेत आवेदन बुझाएको नापी कार्यालय दमकका अमिन अनिल शाहले जानकारी दिए । आवेदन दिएकामध्ये २ हजार २ सय ३० जना अव्यवस्थित, २ हजार ७ सय ८५ जना सुकुम्बासी र ३ सय जना भूमिहिन रहेका छन् । सोमार्फत नगरपालिकाले १७ लाख बढी रुपैयाँ राजस्व असुली गरेको जनाइएको छ ।



Comments