उच्चायोग दमकका प्रमुखलाई शरणार्थीहरुको ज्ञापन-पत्र




२५ कार्तिक, दमक।
भुटानी शरणार्थीहरुको स्वदेश फिर्ताको माग गर्दै राष्ट्रिय मेलमिलाप समिति बेलडाँगी दमकले शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चयोगको उपशाखा कार्यालय दमकका प्रमुख सिन्जी कुभोलाई ज्ञापन-पत्र बुझाएका छन्।
आज समितिका संयोजक शेर बहादुर राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आयोगकी प्रमुख कुभोलाई ५ बुँदे ज्ञापन-पत्र बुझाएको हो । अव शरणार्थीलाई तेस्रो देश पूनर्वास होइन स्वदेश फर्काउनु पर्ने मागप्रति आयोगकी प्रमुख कुभोले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको संयोजक राईले बताए।

भुटान फर्किन चाहने शरणार्थीहरुलाई भुटान सरकारले लगाएको लान्छना र भेदभाव खारेज गर्नु पर्ने, फर्किने चाहने शरणार्थीहरुलाई भुटानी नागरिकसरह अधिकार दिनु पर्ने, उनीहरुलाई स्वदेश फर्काउँदा २२ बर्षसम्म शरणागत जीवन बिताएका भुटानीलाई भुटान सरकारले क्षतिपूर्ति दिनु पर्ने लगायतका माग रहेको ज्ञापन-पत्रमा उल्लेख छ ।




Comments