मेची क्याम्पसको अग्रगामिमा बस्नेत






१० मंसीर, दमक।
अग्रगामि विद्यार्थी युनियन मेची बहुमुखी क्याम्पस इकाई कमिटिको अध्यक्षमा रोशन बस्नेत चयन भएका छन् ।
आज सम्पन्न अग्रगामी विद्यार्थी युनियनको भेलाले बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटिको चयन गरेको हो । समितिको उपाध्यक्षमा चन्द्रमणि पौडेल र भुवन चौधरी, सचिव नवराज लिम्बु, सह-सचिवमा बिमल प्रधान र मञ्जु राई, कोषाध्यक्षमा अर्जुन सुनुवार, सदस्यहरु राजु लिम्बु, अस्मिन राई लगायत रहेका छन् ।
युनियनको झापा जिल्ला उपाध्यक्ष छत्र चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलामा युनियनका केन्द्रीय सचिवालय सदस्य तथा लिम्वुवान प्रदेश समिति संयोजक संजय राईको प्रमुख आथित्य रहेको थियो ।



संघीय समाजवादी पार्टीको विद्यार्थी संगठन अग्रगामि विद्यार्थी युनियनको यहि पौष १,२ र ३ गते तमुवान राज्यको सुन्दर नगर पोखरामा हुन लागिरहेको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै जिल्ला कार्य समिति झापाले संगठन निर्माण अभियानलाई तिब्रता दिएको जिल्ला अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए ।
अग्रगामी विद्यार्थी युनियन, नेपालको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन नजिँकिदै गर्दा झापामा अध्यक्ष लिम्बुको संयोजकत्वमा संगठन निर्माण उप-समिति गठन गरी अग्रगामी विद्यार्थी युनियन, नेपाल जिल्ला कार्य समिति झापा संगठन विस्तार तथा सुदृढिकरण अभियानमा लागेको छ ।



Comments