बिराटचोकमा पूर्वाञ्चलस्तरीय भेट्रान कप हुने





नरेन्द्र बस्नेत,
११ मंसीर, मोरङ।
मोरङको कोशी हरैचा नगरपालिकास्थित बिराटचोकमा पहिलोपटक पूर्वाञ्चलस्तरीय बिराटचोक भेट्रान फुटबल प्रतियोगिता २०७१ आयोजना हुने भएको छ ।
यही मंसीर १४ गतेदेखि २० गतेसम्म आयोजना हुने सो प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ वटा टिमको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
पिएलओ लुब्रिकेन्टसको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार रूपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र तथा हुनेले नगद २० हजार रूपैयाँ, ट्रफि, मेडल र प्रमापपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बिभिन्न ब्यक्ति संघसंस्था लगायतबाट ३ लाख ८० हजार रूपैयाँ आम्दानी गर्ने र ३ लाख ४५ हजार रूपैयाँ खर्च हुने आयोजक समितिका सचिव विजय खडकाले जानकारी गराए ।

फोटो - तेज वन विश्वासी






Comments