विवाहको बहानामा युवती बेच्न लैजाने कवाडीवाला पक्राउ





१३ मंसीर, मोरङ।
मोरङको लेटाङकी एक युवतीलाई भारतमा लगेर विक्री गर्न लागेको अवस्था मोरङ प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ती युवतीलाई विवाह गर्ने बहानामा भारत लगी विक्री गर्न लागेको अवस्थामा कवाडी व्यापारी भारतको पश्चिम बंगाल राज्यको मालदह जिल्ला इटहरा घर भएका २६ वर्षीय इमान हुसेनलाई शुक्रबार इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको होश्र
हुसेनले ती युवतीलाई विवाह गर्ने र ५० हजार रूपैयाँ समेत दिई मलेसिया पठाइदिने आश्वासन दिएको बुझिएको छ। प्रहरीले के आई नेपाल संस्थाको सहयोगमा हुसेनलाई बिराटनगर २१ स्थित १ नं. ढाटबाट शंकास्पद रूपमा बोर्डर पार गर्दै गर्दा पक्राउ गरी पिडीत युवतीको उद्दार गरेको हो।

बेचबिखन गर्न लाने हुसेनलाई इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।
भारत घर भएका हुसेन साइकलमा कवाडी संकलन गर्ने व्यक्ति रहेको र निजले पीडितलाई पटकपटक पैसा दिई प्रलोभनमा पार्ने गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ।


-->

Comments