'सहि भाषा प्रयोग नगर्दा पत्रकारमाथि आक्रमण'



६ मंसीर, विर्तामोड।
त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक तथा हाम्रो भाषा पुस्तकका लेखक शरदचन्द्र वस्तीले समाचार लेख्दा भाषाको प्रयोग गर्न नजान्दा अधिकांश पत्रकारमाथि आक्रमण हुने गरेको बताएका छन्।
नेपाल पत्रकार महासंघ झापाको आयोजना र बिर्तामोड नगरपालिकाको सहकार्यमा आयोजित 'समाचारमा भाषाको प्रयोग' विषयक कार्यक्रमको सहजीकरण गर्दै उनले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोखरेलको प्रमुख आतिथ्य एवम् महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारीले नेपालमा प्रभावकारी सञ्चारमाध्यम रेडियो, टेलिभिजन, भएपनि शुद्ध भाषाको प्रयोग नगरिँदा बोलिचालीको भाषासमेत बिग्रिन थालेको बताए।

महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटाले स्वागत गरेको कार्यक्रममा विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती, मेची वहुमुखी क्याम्पसका प्राध्यापक चुडामणि वशिष्ठ लगायतले बोलेका थिए ।
'समाचारमा भाषाको प्रयोग' विषयक कार्यक्रम भोलि दमकमा गरिने नेपाल पत्रकार महासंघ झापाका सदस्य सुरेन्द्र भण्डारीले जानकारी दिए।






Comments