पथरी गोल्डकपमा महिला प्रतिष्पर्धा, झापाविरूद्ध मोरङको फराकिलो जीत





१२ मंसीर, पथरी।
मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको महिला मैत्रीपूर्ण फुटबल खेलमा मोरङले फराकिलो अन्तरले विजय हाँसिल गरेको छ ।
मोरङले झापालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुवातदेखि नै निरन्तर दवाव सिर्जना गरेको मोरङले खेलको पहिलो मिनटमै राष्ट्रियस्तरका खेलाडी दिपा न्यौपानेमार्फत गोलको खाता खोलेको थियो ।
त्यसपछि उत्साहित बनेको मोरङका लागि १५ औं मिनटमा मुना राई, १९ औं मिनटमा पुनः दिपा न्यौपानेले गोल गरेका थिए।




उत्तरार्द्धको पहिलो पहिलो मिनटमै मोरङकी संरचना प्रधानले गोल गरेर आफ्नो टिमलाई ४-० गोलले अग्रता दिलाइन् । १० औं मिनटमा झापाले पाएको पेनाल्टी सुटआउटको अवसरलाई मुना सुब्बाले गोलमा परिणत गरी नील हुनबाट आफ्नो टिमलाई जोगाइन् ।
त्यसपछिको १६ औं मिनटमा पुनः संरचना प्रधानले र २४ औं मिनटमा अण्डर १४ बाट श्रीलंकामा खेलिसकेकी सरु लिम्बुले गोल गरेका थिए ।
सो खेलमा सरु लिम्बू म्यान अफ द म्याच भइन् ।
भोलि गोल्डकपको उपाधिका लागि झापा ११ र त्रिभूवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।





Comments