२६ कार्तिक, दमक।
देशैभरि रगतको मात्रमा अभाव भइरहेको वेला झापाको सतासीधाममा जेसीजले आज बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सतासी जेसीजले गरेको रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको छ । यसअघि ४३ औं पटक रगतदान गर्ने छविलाल दवाडीले रगत दिएर रक्तदानको शुरु गरिएको थियो । रक्तदाता दवाडी नेपाल स्वयमसेवी रक्तदाता समाजका जिल्ला कोषाध्यक्ष पनि हुन् ।
रक्तदान गर्नेहरुमा जेसीजका संस्थापक कृष्ण पोख्रेल, बर्ष २०१४ का अध्यक्ष जीवन गिरी, महासचिव देवेन्द्र खरेल, रक्तदाता समाजका जिल्ला उपाध्यक्ष गंगा चापागाई लगायतकाले रगतदान गरेका थिए । रगतको अभाव हुन नदिन सो कार्यक्रमको आयोजना गरिएको जेसीजका अध्यक्ष गिरीले जानकारी दिए।
दुधे चोकमा भएको भएको सो रक्तदान नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको थियो । जेसीजले बर्षेनी रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको सतासी जेसीजका अध्यक्ष गिरीले जानकारी दिए।
-->
Comments
Post a Comment