पूर्वमा ७९ प्रतिशत शिक्षकहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली





तेज बन विश्वासी
१० मंसीर, सुनसरी।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षक तथा सरकारी कर्मचारीहरुको बिषयमा अख्तियारले थालेको कार्वाही अभियानले यतिबेला पूर्वी तराईका जिल्लाहरुमा रहेका सरकारी कार्यालय तथा कर्मचारीहरु आतंकित बनेका छन्।
अख्तियारको कार्वाहीमा परिने डरले कर्मचारी तथा शिक्षकहरुले आफ्नो योग्यताको प्रमाणपत्र देखाउनको सट्टा धमाधम राजीनामा बुझाउन थालेका छन् ।
पूर्वाञ्चलको बिभिन्न जिल्लाहरुमा अख्तियारले गरेको प्रारम्भीक अनुशन्धान अनुसार पूर्वमा ८३ प्रतिशत शिक्षकहरुले नक्कली योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाइरहेको रहस्य सार्वजनिक भएको छ ।




शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुको सट्टा धमाधम राजीनामा बुझाउन थालेपछि पूर्वमा नक्कली प्रमाणपत्र बुझाएर शिक्षकहरुले जागीर पाएको रहस्य खुलेको हो ।
सरकारी उच्च कोटाका शिक्षकहरुदेखि सामान्य तहका शिक्षकहरु सम्मले अख्तियारको कार्वाहीमा परिने डरले राजीनामा दिन थालेपछि पूर्वमा ७९ प्रतिशत शिक्षकहरुको प्रमाणपत्र नक्कली भएको बुझिएको हो ।
अख्तियारले गत असोज २६ गतेदेखि पूर्वका १६ वटै जिल्लाहरुमा रहेका बिभिन्न तहका विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरुको शैक्षिक योग्यताको प्रमाणपत्र माग्न अन्तरीम आदेश जारी गरे अनुसार शिक्षा कार्यालयहरुले सम्बन्धित शिक्षकहरुलाई आ आफ्ना प्रमाणपत्र कार्यालयमा बुझाउन आदेश जारी गरेको थियो ।
शिक्षा कार्यालयको आदेश अनुसार प्रमाणपत्र बुझाउने भन्दा राजीनामा बुझाउने शिक्षकहरुको संख्या बढी रहेको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका क्षेत्रीय निर्देशक तुलसी प्रसाद थपलियाले बताए ।
आफुसँग यकिन डाटा नभएपनि १ हजार ६ सयको हाराहारीमा शिक्षा कार्यालयहरुमा शिक्षकहरुले राजीनामाको पत्र बुझाएको क्षेत्रीय शिक्षा निर्देशक थपलियाले बताए ।
पूर्वका १६ जिल्लाहरुमा गरी ७ हजार ९ सयको हाराहारीमा बिभिन्न तहका शिक्षकहरु रहे पनि शैक्षिक योग्यता प्रमाणपत्रका कारण आधाभन्दा बढीले राजीनामा दिइसकेको निर्देशक थपलियाले बताए । उनीसँग पूर्वका जिल्लाहरुमा भएको विद्यालय र शिक्षकहरुको सहि बिवरण माग्दा १० मिनेट पछि फोन गर्न आग्रह गरेका क्षेत्रीय शिक्षा निर्देशक थपलियालाई पुनः १० मिनेटपछि सम्पर्क गर्दा कार्यालयबाटै बाहिरिसकेको जानकारी प्राप्त भएको थियो ।







Comments