पूर्वाञ्चल २० औं वर्षमा प्रवेश

इटहरी।
झापाको बिर्तामोडबाट रुपमा प्रकाशित हुँदै आएको पूर्वाञ्चल राष्ट्रिय दैनिक आजबाट २० औं वर्षमा प्रवेश गरेको छ । पत्रिकाको २० औं बाषिर्क स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रबाट योग्दान पुर्‍याएवापत १ दर्जन बढी ब्याक्तित्वहरुलाई नगद रु २ हजार २ सय, कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले २० औं वर्षमा प्रवेश गरेको सो पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा आफु ५९ वर्ष पार गरेको बताउँदै नेपालले प्रमुख जिल्ला अधिकारीबाट अवकासको घोषणा समेत गरेका छन् ।





श्री अन्तु प्रकाशन प्रालिका अध्यक्ष टोरुप प्रसाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपानेले पत्रकारको सुरक्षाप्रति राज्य गम्भीर नरहेको बताएका थिए । समाजमा भएका बिकृती बिसङ्गती बिरुद्ध कलम चलाउने सक्रिय पत्रकारहरुमाथि खुलेआम ज्यादती हुँदासमेत प्रहरी प्रशासन रमिते बन्नेगरेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भिम नेम्वाङ, राष्ट्रिय सभाका पूर्व सदस्य डिल्ली सिटौला, विशिष्ट व्यक्तित्व भानु सिवाकोटी लगायतले मन्तब्य राखेका थिए ।
सोही कार्याक्रममा बोल्दै पूर्वाञ्चल राष्ट्रिय दैनिकका प्रकाशक भरतलाल गिरीले पत्रिकालाई चाँडै नै ८ पेजमा समायोजन गरी रंगिन क्लेबरबाट प्रकाशन सुरु गरीने घोषना गरेका छन्।






Comments