सरस्वतीलाई हराउँदै पुलिस क्लव सेमीफाइनलमा





तेजन खड्का,
८ मंसीर, उर्लाबारी।
नेपाल पुलिस क्लब पथरीमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सरस्वती क्लव काठमाण्डौलाई सुन्यका विरुद्ध १ गोलले पराजीत गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो । एकतर्फी जस्तो भएको खेलमा पहिलो हाफको सुरुवातबाटै पुलिसले आक्रामक खेल खेलेको थियो । लगातार सरस्वतीको पोष्टमा आक्रमण गरेको पुलिसले पहिलो हाफको २० औं मिनेटमा गोलको खाता खोलेको थियो । करिव २२ यार्ड टाढावाट पुलिसका कप्तान जुमानु राईले गरेको प्रहार सिधै गोलमा परिणत भएपछि पुलिसले पहिलो हाफमा एक सुन्यको अग्रता लिएको थियो ।
खेलको म्यान अफ द म्याच पुलिसका जुमानु राई घोषित भए ।
प्रतियोगिताअन्तर्गत भोलिको खेल सशस्त्र प्रहरी वल एपिएफ र सिनान्चु क्लब सिक्किम भारतबीच हुने आयोजकले जनाएको छ ।






Comments