खुकुरी बोकेको समूहद्वारा लाखौंको लुटपाट



८ मंसीर, ताप्लेजुङ।
ताप्लेजुङको थेचम्बु १ स्थित एक घरबाट गएराति खुकुरी बोकी आएको समुहद्वारा लुटपाट भएको छ । थेचम्बु १ बस्ने धर्मराज पौडेलको घरबाट अपरिचित ५/६ जनाको समुहले डेढ तोला सुन, १० तोला चाँदी र एकलाख ५३ हजार रूपैयाँ नगद लुटपाट गरेका हुन्।
आइतबार राति करिब ११ बजे खुकुरी बोकी आएको सो समुहले घरमा भएका महिला तथा केटाकेटीहरुलाई ज्यान मार्ने धम्की दिई धनमाल लुटी फरार भएको पिडित परिवारले बताएका छन् ।

घटनास्थलमा प्रहरी टोली खटिनुका साथै अनुसन्धान तथा लुटपाटमा संलग्नहरुको खोजतलाश भइरहेको प्रहरी चौकी थेचम्बुले जनाएको छ ।


Comments