विद्यार्थी पिटेको फोटो खिच्ने पत्रकारमाथि दुर्व्यवहार




११ मंसीर, पथरी
विद्यालयमा भयरहित वातावरणमा सिकाई भए नभएको समाचार संकलन गर्न लेटाङ स्थित लेटाङ ग्रीन भ्याली एकेडेमी स्कुलमा पुगेका उज्यालो पत्र दैनिकका बेलबारी सम्वाददाता नारायण राईलाई सो विद्यायलका सञ्चालक थामसिङ् राईले दुर्व्यवहार, गालीवेइज्जती गर्दै धकेलेको समाचार छ ।
पत्रकार राई रिपोर्टिङ गर्न विद्यालयमा पुग्दा विद्यालयकी शिक्षिका पवित्रा मगरले यु.के.जी.मा अध्ययनरत विद्यार्थी अमिसा राई र प्रतिका राईलाई पिट्दै गरेको फोटो लिएको विषयमा सो विद्यायका सञ्चालक थामसिङ्ले तँलाई त्यो फोटो कसले खिच्न भन्यो भन्दै गाली गर्दै धकेलेको पत्रकार राईले बताएका छन् ।
सो समयमा प्रत्येक कक्षा कोठामा हेर्दा सबै जसो शिक्षक शिक्षिकाको हातमा लठ्ठी रहेको देखिन्थ्यो । विद्यालयले बालबालिलकाहरूलाई शारिरीक यातना दिने गरेको स्थानीयवासीहरूले बताएका छन् । 'हामीले त्यति धेरै पैसा तिरेर नानीहरू पढाएका छौँ, फेरि हाम्रो नानीलाई नै कुट्ने हो भने त हामी कहाँ मान्छौँ र !', अभिभावक शान्ता राईले भनिन् ।

Comments