२९ कार्तिक, उर्लाबारी।
नेपाल तामाङ घेदुङ उर्लाबारी नगर समितिको अध्यक्षमा अमिर स्याङदान तामाङ चयन भएका छन् । आज उर्लाबारीस्थित नेपाल बौद्ध गुम्बामा भएको तामाङहरुको भेलाले अमिरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
भेलाले समितिको उपाध्यक्षमा रामबहादुर गोले, सचिवमा गजिन्द्र तामाङ,सह-सचिवमा रिता तामाङ र कोषाध्यक्षमा खड्गकुमारी तामाङलाई चयन गरेको छ ।
यस्तै, घेदुङका सदस्यहरुमा शम्भु योन्जन, लक्ष्मण तामाङ, भक्तबहादुर योन्जन, अमर घिसिङ, सन्तकुमार योन्जन, रिता तामाङ, श्याम पाख्रिन र उषा मोक्तान रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष अमिरले घेदुङ संघलाई अझ सशक्त बनाउने जानकारी बताए। उनले पछिल्लो समय युवाहरुमा जातिय कला संस्कृति, भेषभुषा हराउँदै गएकोले त्यसतर्फ सजग र आकर्षित गर्न लागि पर्ने जानकारी दिए।
तामाङ अगुवा महेन्द्रजंग तामाङ, जय पाख्रिन र नेपाल आदिवासी जनजाति महासंघ मोरङ जिल्ला अध्यक्ष नरबहादुर मोक्तान लगायतको आतिथ्यता रहेको कार्यक्रमा ८ जनाहरु ८० बर्षमाथिका तामाङ जातिका बृद्धाहरुलाई सम्मान गरिएको थियो ।

Comments
Post a Comment