पृथ्वीनगरमा ड्रेसमेकर तालिम सुरु






११ मंसीर, पृथ्वीनगर ।
झापाको पृथ्वीनगर ७ सोमबारे चोकस्थित साना किसान सहकारी भवनमा बिहीबारदेखि निःशुल्क तीन महिने ड्रेस मेकर तालिम सुरु भएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजनाको सहयोगमा बिर्तामोडस्थित झापा प्राविधिक शिक्षालयको आयोजनामा तालिम सुरु भएको हो । ३ सय ९० घण्टा सञ्चालन हुने सीपमूलक तालिममा स्थानीय क्षेत्रका पिछडिएका समुदाय, आदिवासी जनजाति, द्वन्दपीडितलगायत बिशेष समुदायका गरी २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।




तालिम संयोजक दुर्गा राईको अध्यक्षता र झापा प्राविधिक शिक्षालयका प्रतिनिधि बिनोद आचार्यको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन भएका हो । तालिमकी प्रशिक्षक लक्ष्मी आचार्यले स्वागत गरेको कार्यक्रममा मेघराज थामी, निर्मला दाहाल, चन्द्रमाया श्रेष्ठ, धनमाया गुरुङ, देवराज श्रेष्ठलगायतले सहभागी प्रशिक्षार्थीहरुलाई तालिमले आत्मनिर्भर बनाउन सहयोग गर्ने धारणा राखेका थिए ।

Comments