इन्जीनको आयु सकिएका सवारी साधन सञ्चालनमा रोक लगाइने





२९ कार्तिक, दमक।
इन्जीनको आयु सकिएको र आफुखुशी ब्लक ठोकेर चलाएका सवारी साधनलाई सडकमा चल्न ट्राफिक प्रहरीले पूर्ण रुपमा रोक लगाउने अभियान सञ्चालन गरेको छ । यातायात ब्यवस्था बिभागको परिपत्र अनुसार त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले सडकमा चल्न प्रतिवन्ध लगाएको हो ।
दमक-रवि चिसापानी सडक तथा दमक-गौरादह क्षेत्रमा चल्ने ट्याक्सीहरु दुई दर्जन बढी गाडीले आफु खुशी ब्लक ठोकेर चलाउने गरेको सूचना आएपछि निगरानी गरी कारवाही अगाडी बढाइएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख शिवनारायण कुमर दनुवारले बताए।



इलाका ट्राफिक प्रहरी कार्यालय दमकले नगरको ट्राफिक व्यवस्थापनमा अभियान थाल्ने जनाएको छ । प्रनानि दनुवारले ट्राफिक सचेतना, दुर्घटना न्युनिकरण लगायतका बिषयमा काम थालेर पूर्वकै ट्राफिक व्यस्थापन सुदृढ बनाउने प्रतिवद्धता गर्नुभयो । २ महिनाअघि सरुवा भइआएका प्रमुख दनुवारले सवै पक्षसँग समन्वय गरेर काम अघि बढाउने बताए।
गाडीको छतमा चढ्ने प्रबृतिलाई रोक्नु पर्ने, रिक्साको भाडामा एकरुपता ल्याउनु पर्ने मापासे गरी सवारी चलाउनेलाई कडाइका साथ लागु गर्नमा जोड दिने उनको भनाई थियो । पत्रकारहरुसँग अन्तरक्रिया गरी प्रनानि दनुवारले त्यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।




Comments