विद्युत चोरी गर्ने दश पक्राउ






४ मंसीर, दमक।
झापाको दुई गाविसबाट अवैध रुपले बिद्युत चोरी गर्ने १० जना पक्राउ परेका छन् ।
तोपगाछी र बैगुन्धुरामा बिद्युत पोलबाट हुक लगाई चोरी गर्नेलाई नेपाल विद्युत प्राधिकरण दमक र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बैगुन्धुरा -३ का सिताराम भट्टराई, दुर्गा प्रसाद पोखरेल, बार्ड नम्बर ४ का ताला मुर्मु, ५ की अम्बिका नेपाली रहेका छन् ।
त्यसैगरी पक्राउ पर्नेहरुमा तोपगाछी -८ का गोमा राई, राजेश राई, भिमबहादुर राई, भक्तबहादुर सुब्बा, बार्डनम्बर ९ का मेघनाथ मिस्त्री र चित्रा सिटौला रहेका छन् ।
आज बिहान चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको छ । तीमध्ये बैगुन्धुरा -३ का सिताराम भट्टराईलाई १५ हजार २ सय ४६ रुपैयाँ र तोपगाछी- ९ की चित्रा सिटौलालाई १० हजार ८ सय रुपैयाँ जरिवाना बिद्युत प्राधिकरण बितरण केन्द्रले लिएपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकले छोडिदिएको जनाइएको छ ।
प्राधिकरणले दक्षिणी ग्रामीण क्षेत्रहरुमा अवैध रुपले विद्युत चुहावट नियन्त्रण गर्न प्रहरीको सहयोगमा निगरानी गर्ने अभियान सञ्चालन गरिआएको छ । पछिल्ला समय सधै विद्युत चुहावट हुने क्षेत्रहरुमा चुहावटका घटनामा केहि कमी आएको जनाइएको छ ।


Comments