पूर्वमा चर्चा 'रोयल विङ्ग्स'को





नरेन्द्र बस्नेत, मोरङ।
'हामीले रोजेको बाटो कुनै पनि असल छैन, तर हामी जुन बाटोलाई रोज्दैछौ त्यो एक दिन अवश्य असल बन्नेछ' भन्ने उद्देश्यका साथ पूर्वाञ्चलका केही युवाहरुको सामुहिक प्रयास स्वरुप अहिले 'रोयल विङ्ग्स'मार्फत सुनसरीको इटहरीलाई कर्मथलो बनाएर सहकार्य गरिहेका छन् ।
आफ्नो पढाई, ब्यबसाय तथा जागिर हुँदाहुँदै पनि बचेको समयमा समाजप्रति उत्तरदायी हुनुपर्छ, युवाअबस्थालाई अर्थपूर्ण तरिकाले बिताउनु पर्छ भन्ने विश्वासका साथ अघि बढ्ने यो युवाहरुको समुहमा प्रमोद पोर्तेल, एनिच राई, विवश थापा मगर, सन्देश लिम्बु, निक बिष्ट, आनन्द हाङखिम लगायतका युवाहरु रहेका छन् ।






'रोयल विङ्ग्स'ले बिशेषत सामाजिक विकास तथा युवाहरुको भविष्य निर्माण कार्यसँग सम्बन्ध राख्ने विभिन्न सन्देशमुलक म्युजिक भिडियो उत्पादन गर्ने गरेको छ। यसै क्रममा 'खोइ त हाम्रो बाल अधिकार' भन्दै बालअधिकारको अवाजलाई गीतमार्फत प्रस्तुत गरिएको छ । यो भिडियोमा मोरङको सिद्धार्थ बाल क्लबमा आवद्ध १ दर्जन बालबालिकाहरुले बिशेष अभिनय गरेको देखिएको छ भने सोही बाल क्लबकी श्रृष्टी भण्डारी, सविन वास्तोला र खेमराज दहालको मिठो स्वर रहेको छ । सो गीतका रचनाकार रामकाजी कार्की तथा परिकल्पनाकार संजय घोष हुन् ।
'बालबालिका हेर्नमा जति सुन्दर तथा अबोध हुन्छन् त्यति नै उनीहरुको मन पनि कोमल हुन्छ जो हामी सबैले बुझ्न आवश्यक छ । त्यसैले हामी बालबालिकाको सानोभन्दा सानो कुरालाई वास्ता गरी उनीहरुलाई सहज बनाउनु पर्दछ', रोयल विङ्ग्सका निक बिष्ट बताउँछन् ।
त्यस्तै रोयल विङग्सको अर्को प्रस्तुति गायक रबिन नेपालको 'थाहा छैन' बोलको गीतमा पनि क्याम्पस पढ्ने किशोर किशोरीमा हुने एक आकर्षणलाई बुझ्न नसकेर उनीहरुको जीवनलाई नै प्रभाब पर्ने घटनामा आफैलाइ धकेल्दछन।
आगामी दिनमा समेत यसरी नै सामजिक क्रियाकलापमा अगाडी बढने बिष्ट बताउँछन् ।




Comments