अनेरास्ववियु मोरङको जिल्ला सम्मेलन पुस ९ र १० गते




१३ मंसीर, उर्लाबारी।
नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुको २१ औं मोरङ जिल्ला अधिबेशन आगामी पुस ९ र १० गते बिराटनगरमा हुने भएको छ ।
आज मोरङको कोशी-हरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा बसेको जिल्ला कमिटिको बैठकले पुस ९ र १० गते बिराटनगरस्थित आदर्श बहुमुखी क्याम्पसमा सम्मेलन गर्ने निर्णय गरेको हो । अनेरास्ववियु सम्मेलन आयोजक समितिका संयोजक प्रेमराज भारतीको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य भास्कर खनालको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेकपा एमाले मोरङका मोर्चा बिभाग प्रमुख रुपेश खतिवडा, अनेरास्ववियुका केन्द्रीय सदस्य नवराज नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

बैठकले आगामी मंसिर २५ गतेभित्र सम्पूर्ण क्षेत्रीय तथा क्याम्पस कमिटिहरुको सम्मेलन गरिसक्न समेत निर्देशन दिएको छ ।




Comments