दमकमा ध्रुवतारा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने





१० मंसीर, दमक।
झापाको दमकमा आउँदो पुसको पहिलो सातातिर ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीता-२०७१ हुने भएको छ । ध्रुवतारा स्पोर्टिङ क्लवले सञ्चालन गर्ने सो प्रतियोगीता चौथो संस्करण हो । क्लवले आज बुधबार दमकमा पत्रकार सम्मेलन गरी आउँदो पुस ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगीतका बारे जानकारी दिएको हो ।
क्लवले २०६८ सालदेखि यहाँ अन्तराष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीताको आयोजना गर्दै आएको छ । क्लवले पहिलो संस्करण २०६८, दोश्रो संस्करण २०६९ र २०७० पुस १० गते देखि १५ गतेसम्म तेश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो ।




यस वर्षको प्रतियोगीतामा उत्कृष्ठ हुने पहिलोले ५० हजार रूपैयाँ नगद, ट्रफि तथा प्रमाण पत्र हात पार्नेछन् भने दोश्रोलाई २० हजार, तेश्रोलाई १५ हजार, चौथोलाई १२ हजार र पाँचौ हुने खेलाडीलाई नगद १० हजार रूपैयाँ प्रदान गरिने क्लवका अध्यक्ष भिमराज केसीले जानकारी दिए ।
प्रतियोगीताका उत्कृष्ठ ३६ जना खेलाडीहरुलाई पुरस्कृत गरिने क्लवका अध्यक्ष केसीले जानकारी दिए । प्रतियोगीतामा पुरस्कार मात्र कम्तीमा २ लाख ४० हजार रुपैयाँ लाग्ने जनाइएको छ । प्रतियोगीतामा भारत, भुटान, श्रीलंका, बंगलादेश लगायतका देशहरुसहित नेपालका २ सयका हाराहारीका खेलाडीहरुले स्पर्धा गर्ने क्वलका खेल संयोजक ज्योति प्रसाईंले जानकारी दिए । बुद्धिचाल खेलकुदको व्यवसायीकरण तथा देश भित्रका खेलाडीहरुको क्षमता अधिबृद्धि गर्न सो प्रतियोगीता आयोजना गरिएको उनले जनाए ।
प्रतियोगीता भव्य रुपमा सम्पन्न गर्न कुल ५ लाख ४३ हजार रुपैयाँ खर्च हुने क्लवले निकालेको विज्ञप्तीमा उल्लेख छ ।





Comments