'किनारपारि' एल्बमका गीतहरुको म्यूजिक भिडियो छायाङ्कन





सन्देश सुब्बा इङ्वा, पाँचथर ।
लोक आधुनिक गीति एल्बम 'किनारपारि' भित्र संग्रहित गीतहरुको हालै म्यूजिक भिडियो छायाङ्कन गरिएको छ । एल्बमको शीर्ष गीत 'किनारपारि'का साथै 'फिदिम गेटैमा', 'हाम्रो मिलन' र 'बाचुँ म कसरी बोलका चारवटा गीतहरुको म्यूजिक भिडियो छायाङ्कन गरिएको हो । एल्बममा समावेश गरिएका गीतहरुमा रमेश लिम्बू, फुङ्नुमा योङहाङ, बुद्ध राई, विजय ताम्लिङ, मनिता ताम्लिङ र सिता गिरीले स्वर दिएका छन् । पाँचथरको चरिभन्ज्याङ, आगेजुङ गुम्बा र हिलिहाङ दरबार लगायतका स्थानहरुमा छायाङ्कन गरिएको भिडियोमा मधु केरुङ, फुङ्नुमा योङहाङ, रिन्छेन तामाङ, शिवानी सुब्बा, एञ्जल लिम्बू, कल्पना योङहाङ, शिलु बोखिम र स्क्वार लिम्बूले मोडलिङ गरेका छन् ।
जगत राना मगरको छायाङ्कन, सागर केरुङ र भगिराज राईको कोरियोग्राफ र हेमराज थोक्लिहाङको निर्देशन रहेको उक्त भिडियोहरुलाई आगामी माघ महिनाभित्रमा बजारमा ल्याउने लक्ष्य राखिएको निर्देशक थोक्लिहाङले बताए ।







Comments