आर्मीले दार्जीलिङलाई घर पठायो



७ मंसीर, पथरी।
मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा त्रिभूवन आर्मी क्लबले निरन्तरको दवावका साथ भारतको दार्जीलिङस्थित कञ्चनजंघा फुटबल क्लबलाई पराजित गरेको छ ।
खेलको सुरुवातदेखि नै दवावमा राखेको आर्मीले २-० गोल अन्तरले दार्जीलिङलाई पराजित गरी आफुलाई सेमीफाइनलमा उतारेको हो ।
निरन्तर दवाव कायम राखेपनि आर्मीले खेलको पूवार्द्धमा भने धेरैवटा राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन । तर उत्तरार्द्धको पाँचौं मिनटमा आर्मीका राजु तामाङले गोल गरेका थिए । ३० औं मिनटमा नवयुग श्रेष्ठले अर्को गोल थपेर आर्मीलाई थप अग्रता दिलाए ।


खेलको पूर्वार्द्धको १९ औं मिनटमा गोल बचाउने क्रममा विपक्षीको प्रहारबाट टाउकोमा चोट लागेपछि दार्जीलिङका गोल किपर राजेश विक बाहिरिएका थिए ।
आर्मीका तर्फबाट राजु तामाङ, टंक बस्नेत, नवयुग श्रेष्ठ सहितको राष्ट्रिय खेलाडीले आफ्नो फुर्तिलो खेल कुशलता प्रदर्शन गरेका थिए ।
भोलिको खेल पुलिस क्लव र सरस्वती क्लब काठमाडौंका ए डिभिजनका खेलाडीहरुबीच प्रतिष्पर्धा हुने आयोजक पथरी स्पोर्टिङ क्लबका अध्यक्ष धनकुमार तामाङले जानकारी दिए ।




Comments