३० कार्तिक, संखुवासभा।
संखुवासभाको खाँदबारीमा प्रहरीले सार्वजनिक सवारी साधनहरुको हुट निकाल्न शुरु गरेको छ ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले पहाडी मार्गमा चल्ने त्यस्ता सवारी साधनहरुको हुट निकाल्न थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी र स्थानीय ट्राफिक प्रहरीले हुट राखिएका सार्वजनिक सवारी साधनका हुट खोल्न थालेको संखुवासभा प्रहरीले जनाएको छ ।
सामान राख्न भनी बनाइएका हुटमासमेत यात्री चढाउँदा यात्रामा जोखिम हुने देखिएकोले जोखिम न्युनिकरणका लागि सम्बद्ध यातायात व्यवसायी संघ र सरोकारवाला पक्षसमेतको सहमतीमा हुट निकाल्न थालिएको संखुवासभाका प्रहरी नायव उपरीक्षक कमल थापाले बताए।

Comments
Post a Comment